add

सुर्खेतमा ११ फरार प्रतिवादी पक्राउ






ActPro Nepal

|

२६ साउन, २०७८

|
877

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतबार नौ र आज दुई गरी ११ फरार प्रतिवादीलाई सो टोलीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एकरएक, घरेलु हिंसाका दुई, अंशबन्डा मुद्दाका चार गरी जम्मा नौ जना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ ।

त्यसैगरी, आज पक्राउ  पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन् । पक्राउ परेका सबै फरार प्रतिवादीलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको उनले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट रु दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.