add

पठाओ एप मार्फत ट्याक्सी बुकिङ गर्नेले निःशुल्क चढ्न पाउने






ActPro Nepal

|

२५ साउन, २०७८

|
741

काठमाडौं ।राइडिङ सेयर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो वार्षिकोत्सवको अवसरमा पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ अफर ल्याएको छ।

सोमबार दिउँसो २ बजेदेखि २ः०२ मिनेटसम्म (२ मिनेट) पठाओको मोबाइल एप मार्फत ट्याक्सी बुकिङ गर्ने सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने अफर ल्याएको हो ।

पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ।

८ हजार पठाओ ट्याक्सी भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५०० सक्रिय रुपमा सेवा प्रदान गरिरहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

ड्राइभरले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत व्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा चालक र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत शुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजारु पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको कम्पनीले जानकारी दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.