add

कोकाकोला नेपालले ७ उत्कृष्ट आईडियालाई पुरस्कार दिने






ActPro Nepal

|

२५ साउन, २०७८

|
691

काठमाडौं । वातावरण संरक्षण र युवा सहभागीता भन्ने मुख्य थिममा रहि कोकोकोला नेपाल र नेपाल युवा परिषदको संयुक्त पहल कदमीमा हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई  ५० हजार रुपैयाँ सिडमनी प्रदान गरिने भएको छ ।  कोकाकोला नेपालले विगतका बर्षहरुमा पनि गदै आईरहेको छ र युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय रहेको कोकाकोला नेपाल उक्त सहयोग गर्ने  नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए । 

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १र१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ । 

२०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको बिशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियौ ।

नेपाल युवा परिषदले नेपालभरी ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागेको बताएको छ । संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन,  स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट १२ र १३, २०२१ अर्थात श्रावण २८ र २९, २०७८ सम्म भर्चुअल रुपमा चल्नेछ । 

कोभिड १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो । २ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

 सम्मेलनमा संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन,  स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने बिश्वास आयोजकले लिएको छ । “युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ । 

पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छौ । साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

गत बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० मा ७७ बटै जिल्लाहरुबाट करिब ५५० भन्दा बढी युवाहरुले भर्चुअल माध्यमबाट  कार्यक्रममा सहभागी भई बिभिन्न ८ वटा बिषयगत क्षेत्रहरुका बिभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरी ४ दिने कार्यक्रम सम्पन्न गरेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.