add

मैलुङ खोलाको आईपीओमा पर्यो ४१.६८ गुणा बढी आवेदन,कतिले भरे ?






ActPro Nepal

|

२० साउन, २०७८

|
791

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आवेदनको ओइरो लागेको छ । अन्तिम दिन मंगलबार सम्ममा २१ लाख १८ हजार ९२५ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन परेको छ ।

मैलुङ खोलाको आइपीओमा सर्वसााधारणबाट माग भन्दा ४१.६८ गुणा बढी आवेदन परेको हो। कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत हुने ३६ हजार ८१४ कित्ता शे यर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन खुला गरेको थियो ।

कम्पनीले यस अघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ । मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०५९ साउन ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७१ भदौ ६ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६० चैत ३ गते प्राप्त गरेको थियो ।  यो अनुमतिपत्र विसं २०९४ चैत मसान्तसम्म बाहल रहनेछ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले रसुवा जिल्लामा वहने मैलुङ खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.