add

कुलमान बाहिरिएसँगै विद्युत् चुहावट बढ्यो, नाफा ५ अर्बमा सीमित






ActPro Nepal

|

११ साउन, २०७८

|
803

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बरले घटेको छ । 

गत वर्ष ११ अर्ब ६ करोड नाफा कामाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा नाफा ५ अर्बमा सीमित हुने देखिएको हो । 

लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले कार्यभार सम्‍हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म नाफामा पुगेको थियो ।   

सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो ।

आ व २०७२/७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्राधिरकण सञ्चित मुनाफामा आइसकेको छ ।

२९ भदौ २०७३ मा कार्यकारी निर्देशकको नियुक्ति पाएका कुलमानको कार्यकालमा नै १६ घण्टा लामो लोडसेडिङ अन्त्य र ३४ अर्बको सञ्चित घाटाबाट ५ अर्ब नाफामा पुगेको थियो । तर, एकै आर्थिक वर्षमा नाफा घटेर ५ अर्बमा सीमित हुन पुगेको छ ।

नाफा घट्नुको कारण व्यवस्थापकीय खर्च बढ्नुका साथै चुहावट बढ्नु देखिएको छ ।  गत आर्थिक वर्ष २०७७/७८ मा विद्युत चुहावट पनि फेरि बढ्न सुरु गरेको छ ।  

२०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको कार्यकारी निर्देशक शाक्यले बताए । यो वर्ष १४.५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।

आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो । चुहावटलाई आव २०७३/७४ मा २२.९,  २०७४/७५ मा २०.४५,  २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.