add

गत आवको बजेट ८० प्रतिशत मात्र खर्च, विकास खर्च ६४.७ प्रतिशतमा सीमित






ActPro Nepal

|

२ साउन, २०७८

|
1444

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलमा ९३.१९ प्रतिशत प्रगति भएको छ ।

गत आर्थिक वर्ष कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकाले ९ खर्ब ९९ अर्ब ३० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रककाे कार्यालयकाे तथ्यांकले देखाएकाे छ ।

संकलित राजस्व मध्ये कर राजस्वको हिस्सा ठूलो छ । कुल संकलित राजस्व मध्ये कर राजस्व ९ खर्ब ३८ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । । कर राजस्व लक्ष्यको ९२.७४ प्रतिशत संकलन भएको हो ।

त्यस्तै, गैरकर राजस्व संकलन ६९.०३ प्रतिशत अर्थात् ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको सरकारले ३३.९७ प्रतिशत मात्रै अर्थात् २० अर्ब ५६ करोड २७ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

गत आर्थिक वर्ष सरकारी कोषबाट भएको कुल खर्च लक्ष्यको ८०.०८ प्रतिशत अर्थात् ११ अर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेकाे छ । गत वर्षको बजेटमा सबै किसिमका गरी सरकारी कोषबाट कुल १४ खर्ब ७४ करोड ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको थियो ।

भएको खर्च मध्ये पूँजीगत खर्च २ खर्ब २८ अर्ब ३० करोड ६ लाख रुपैयाँ पुगेको छ । यो लक्ष्यको ६४.६९ प्रतिशत मात्रै हो ।

यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्च गर्न लक्ष्य राखेको थियो । यस आधारमा १ खर्ब २४ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ विकास बजेट खर्च हुन बाँकी छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पूँजीगत खर्च ४७ प्रतिशत अर्थात् १ खर्ब ८९ अर्ब ८ करोड ४७ लाख रुपैयाँ विकास बजेट खर्च भएको थियो । गत वर्ष अघिल्लाे वर्षकाे तुलनामा १७ प्रतिशत बिन्दुले बढी विकास बजेट खर्च भएको छ ।

गत वर्ष चालू बजेटतर्फ ८ खर्ब ५१ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । चालू बजेट खर्च लक्ष्यको ८९.७५ प्रतिशत हो । यो वर्ष ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ चालू खर्चका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै यस अवधिमा वित्तीय व्यवस्थातर्फ ५८.४४ प्रतिशत प्रगति भएको छ । यो वर्ष १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ वित्तीय व्यवस्थाको लक्ष्य रहेकोमा १ खर्ब ९७ करोड ४१ लाख रुपैयाँ वित्तीय व्यवस्था भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.