add

दोहोरो अंकले बढयो नेप्से,परिसुचक २८८३ अंक पुग्दा ८ अर्ब १४ करोडको कारोबार






ActPro Nepal

|

३१ असार, २०७८

|
1089

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।

आज होटल एण्ड टुरिजम, अन्य, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र समुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक १.४० प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको ०.३७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक १.९८ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्सको १.९५ प्रतिशत बढ्यो ।

कारोबार रकममा पनि बिहीबार वृद्धि भएको छ । आज २२३ कम्पनीको ५ करोड ५८ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब १४ करोड ३६ लाखको कारोबार भयो ।

बिहीबार एउटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा निगडी ग्रुप पावर रहेको छ । कम्पनीको शेयर मूल्य ९.४० प्रतिशत बढ्यो ।

त्यस्तै, राइरङ हाइड्रोपावर डेभलपर्सको ८.९१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कृषि विकास डिब्यून्टरका शेयर धनी छन् । कृषि विकास डिब्यून्टरको शेयर मूल्य ३.९० प्रतिशत घट्यो । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाको २.८६ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार गोर्खाज फाइनान्सुले गर्यो । फाइनान्सले ३६ करोड ७० लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.