add

६७९ मेगावाटको तल्लो अरुण आयोजना बनाउने जिम्मा भारतीय कम्पनीलाई,समझदारीपत्रमा हस्ताक्षर






ActPro Nepal

|

२८ असार, २०७८

|
588

काठमाडौं ।  तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभीएन लिमिटेड इन्डियाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका हुन्।

‘पिकिङ्ग रन अफ दी रिभर’मा आधारित परियोजनाको अनुमानित लागत २०१७ को दर अनुसार, १ अर्ब ३० करोड डलर (रू.१ खर्ब ३४ अर्ब) छ।

१५ चैत २०७५ मा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरिएको यो परियोजनाको सर्वेक्षण अनुमतिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत एसजेभीएन छानिएको थियो। 

एसजेभीएन भारत सरकारको स्वामित्व अन्तर्गतको कम्पनी हो। १६ माघ २०७७ मा बसेको लगानी बोर्डको ४६औं बैठकले परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न उक्त भारतीय कम्पनीलाई छनोटको निर्णय गरेको थियो।

समझदारीपत्रमा उल्लिखित कार्यादेश बमोजिम विकासकर्ता कम्पनीले समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययन सम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिका लागि विस्तृत परियोजना प्रतिवेदन पेश गर्नुपर्नेछ। 

हस्ताक्षर कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने भन्दै सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.