add

नेपाल दूरसञ्चार प्राधिकरणले भन्यो– यस्ता मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन






ActPro Nepal

|

२४ असार, २०७८

|
839

काठमाडौं । विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको मोबाइल इक्युपमेन्ट आइडेन्टिटी(आईएमईआई) नम्बर दर्ता नगरेसम्म साउन १ गतेदेखि नेपालमा नचल्ने भएको छ ।

अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको हो ।

धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आईएमईआई दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम तथा अन्यौलका कारण प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ ।

आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ।

‘व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,’ सूचनामा भनिएको छ।

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ।

आईएमईआई दर्ता कसरी गर्ने

हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ लाई आईएमईआई नम्बर भनिन्छ । मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा *#06# डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

हरेक मोबाइलका साथै सिम सल्टका आधारमा आईएमईआई नम्बर फरक हुन्छ । मोबाइलको कभर राखिएको स्टिकरमा पनि आईएमईआई नम्बर लेखिएको हुन्छ ।

यदि तपाईंको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि दूरसञ्चार प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ ।

वेवसाइटमा रहेको आईएमईआई/ईएसएन/एमईआईडी मा गएर आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । प्राधिकरणका अनुसार आईएमईआई नम्बर दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

हाल आईएमईआई नम्बर दर्ता गर्ने लिंक खुल्दैन । उक्त लिंक खुलेसँगै साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहाेस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहाेस् ।

यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.