add

सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र






ActPro Nepal

|

२४ असार, २०७८

|
1192

काठमाडौं  । सर्वोत्तम सिमेन्ट लि. ले नेपाल गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई साउन २२ गतेदेखि लागु हुने गरि ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये उत्कृष्ट ग्रेड हो । यसको ३ वर्षसम्म कायम हुने छ ।

कम्पनीले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ ।

‘आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरु जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको छ, कम्पनीले भनेको छ ।

कम्पनीले सर्वसाधारणलाई ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको छ। कम्पनीको आईपिओ बुक विल्डिङ विधिबाट आउने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.