add

ईसेवा मनी ट्रान्स्फर र सिफ्ट सर्भिस यूकेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता






ActPro Nepal

|

२३ असार, २०७८

|
669

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै यूके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ ।

विदेशमा रहेका नेपालीले सिफ्ट मार्फत् नेपालका कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।

नेपालीले सिफ्ट मार्फत पठाएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपालभरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै ईसेवा वालेटमा समेत रकम लोड गर्न सकिने रेमिट्यान्सले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँ आएको छ ।

ईसेवा मनी ट्रानसफरले सेवाग्राहीलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको ईसेवाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.