add

नेपालमा फोरजी प्रयोगकर्ता ७८ लाख नाघे,एनसेलको मात्रै ५० लाखभन्दा धेरै






ActPro Nepal

|

१८ असार, २०७८

|
640

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या  ७८ लाख ७१ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ७८ लाख ७१ हजार ५ सय ५५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या  २६ लाख ३६ हजार ६ सय ४७ जना रहेका छन् ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने ९३ लाख ३५ हजार ४ सय ३४ जना रहेका छन् ।

एनसेलको मात्रै साढे ५० लाखभन्दा धेरै प्रयोगकर्ता

नेपाल दुरसञ्चार  प्राधिकरणको तथ्यांक अनुसार कुल फोरजी प्रयोगकर्तामध्ये एनसेलको मात्रै फोरजी प्रयोग गर्ने मानिसको संख्या ५० लाखभन्दा धेरै छ ।

पछिल्लो तथ्यांक अनुसार अहिले एनसेलको फोरजी प्रयोगकर्ता ५० लाख १७ हजार १ सय ७० जना रहेका छन् ।

एनसेलको २४ लाख २५ हजार ७० जनाले थ्री जी सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने २ लाख १७ हजार ७ सय ३८ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.