add

जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड,झन्डै १७ गुणा बढी आवेदन






ActPro Nepal

|

१६ असार, २०७८

|
1053

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा १६.९१ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिम दिन मंगलबार असार १५ गते बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।

जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा यो नयाँ रेकर्ड हो । यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए ।

यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पारेको हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.