add

मध्यपहाडी राजमार्गमा ८६ ओटा पुल निर्माण सम्पन्न,२१ वटा ठेक्का लाग्‍नै बाँकी






ActPro Nepal

|

१५ असार, २०७८

|
1130

काठमाडौं । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ ।

डिजाइन अनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ ।

निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।

ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, ‘दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।’

चालू आवमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए ।

हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उहाँका भनाइ छ । उनले भने, ‘अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।’

मध्यपहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ ।

पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएर बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ । आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ ।

पुल निर्माणका लागि दुई/तीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.