add

सेयर बजार २७ अंकले बढे पनि कारोबार रकम सात अर्बमा सीमित






ActPro Nepal

|

१३ असार, २०७८

|
558

काठमाडौं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ अंकमा पुगेको छ ।

आज राम्रा र बलिया कम्पनीको शेयर मूल्य पनि बढ्यो । आइतबार सेन्सेटिभ इन्डेक्स ३.७६ अंकले बढेर ५२९.४१ अंकमा पुग्यो ।

फाइनान्स, विकास बैंक, होटल एण्ड टुरिजम, निर्जीवन बीमा र जीवन बीमा बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक १.७६ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.३६ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युत समुहको सूचक २.६७ प्रतिशत बढ्यो । त्यस्तै, बैंकको २.०१ प्रतिशत बढ्यो ।

आइतबार २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाखको कारोबार भयो ।

आज दुईवटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा सेञ्चुरी कर्मसियल बैंक र अपर तामोकोशी हाइड्रोपावर छ । सेञ्चुरीको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो भने तामोकोशी हाइड्रोपावरको ९.९३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गोर्खाज फाइनान्सका शेयर धनी । छन् फाइनान्सको शेयर मूल्य ४.३७ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनीले गर्यो । कम्पनीले ४० करोड ७० लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.