add

माथिल्लो तामाकोसी आयोजनको उत्पादन परीक्षण हुँदै,केही ठाउँमा विद्युत कटौती हुन सक्ने






ActPro Nepal

|

१३ असार, २०७८

|
566

काठमाडौं । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई आजदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । 

४ सय ५६ मेगावाटको उक्त आयोजनाबाट सुरुमा ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ । तामाकोशी स्वदेशी लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।

आइतबारदेखि राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम १९ गते शनिवारसम्म लाग्ने र त्यसका लागि एक हप्ता खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

असार पहिलो साता वर्षाले चीनतर्फ पर्ने तामाकोशीको सहायक नदी पहिरोले थुनिएपछि तामाकोशीको जलाशय खाली गरिएको हो । जलाशय भरिएलगत्तै सुरुङमा पानी भरेर पुनः परीक्षण शुरु गरिने समेत आयोजनाले जनाएको छ ।

आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ । वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही ढिलो गरेर व्यवसायिक उत्पादन गर्न लागिएको हो । अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ ।

तामाकोशीको बिजुली प्रसारण लाइनमा जोड्ने क्रममा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसबाट केही समय काठमाडौं उपत्यकाका ग्राहक समेत प्रभावित हुनसक्ने जनाइएको छ ।

तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

यसअघि तामाकोशी करिडोरबाट आएको बिजुली सिधै ढल्केबर सबस्टेशन लाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेका छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

२०६८ मा निर्माण शुरु भएर २०७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलोगरी निर्माण सम्पन्न हुँदै छ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। चालु वर्ष तीनवटा युनिटबाट २२८ मेगावाट र आगामी वर्ष थप तीन युनिटबाट २२८ गरि कुल ४५६ मेगावाट उत्पादन गर्ने लक्ष्य छ।

आयोजना पूर्णरुपमा संचालनमा आएपछि आयोजनाले विद्युत् विक्रीबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.