add

साताको शेयर बजार : ४९ अर्बको कारोबार






ActPro Nepal

|

१२ असार, २०७८

|
1233

काठमाडौं । धितोपत्र बजारमा यस साता ४९ अर्ब बढीको कारोबार भएको छ ।

यो साता २३१ वटा कम्पनीको ५ लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर(खरिद बिक्री भएको छ ।

कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख ९ हजार ३४१ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा निकै कम हो ।

गतसाता ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार १४७ रुपैयाँको कारोबार भएको थियो भने १५ करोड १७ लाख सात चार सय ८२ कित्ता शेयर९खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिष्ट्रिलरी आदी परेका छन ।

पुँजीकरणका आधारमा भने यो साता टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको परेका छन् ।

शेयर सूचीकरणतर्फ भने यो साता प्रभु सेलेक्ट फण्ड, नेपाल इन्स्योरेन्स कम्पनी, कामना सेवा बिकास बैंक आदी सूचीकृत भएका छन् ।

यो साता नेप्से २८४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५२५।६४ अंकमा पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.