add

साताको शेयर बजार : ९३ अर्बको कारोबार






ActPro Nepal

|

५ असार, २०७८

|
1015

काठमाडौं । धितोपत्र बजारमा यस साता ८१ अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय २६ वटा कम्पनीहरुको ८ लाख १५ हजार १३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोबार ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार १४७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो । गत साता ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ कारोबार भएको थियो ।

गत साता भने नेप्सेमा सात लाख ५३ हजार छ सय ३९ पटकको कारोवारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता शेयर-खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिष्ट्रिलरी आदी परेका छन ।

संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी आदी अगाडि परेका छन् ।

पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

शेयर सूचीकरणतर्फ नेप्सेका अनुसार यो साता बिकास ऋणपत्र २०८३ (घ), सिटिजन्स इन्टरनेशनल बैकको मर्जर पश्चात कायम भएको शेयर आदि नेप्सेमा नियमित कारोवारका लागि सुचीकृत भएकाछन् । यस बाहेक सिर्जना फाईनान्सको १३.५९ प्रतिशत बोनस शेयर सूचीकृत भएका छन् ।

यो साता नेप्से २९६८ दसमलव ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दसमलव १२ अंकमा पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.