add

खाद्यान्नमा आत्मनिर्भरता र समृद्धि नारामै, दश महिनामा भित्रियो ४४ अर्बको चामल






ActPro Nepal

|

१९ जेठ, २०७८

|
963

काठमाडौं । कृषिप्रधान देश भनेर चिनिएको नेपालमा देशको मुख्य खाधान्नका रुपमा रहेको चामल आयतको उदेकलाग्दो अवस्था देखिएको छ । 

कृषिप्रधान देश नेपालले पछिल्लो १० महिनामा ४४ अर्ब ६८ करोड रुपैयाँ बढीको चामल आयात गरेको छ ।

यस अवधिमा १८ अर्ब २५ करोड रुपैयाँ बराबरको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सोही अवधिमा २६ अर्ब ४३ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।

यस्तै, गत आर्थिक वर्ष २०७६र ७७ मा कुल ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको धान, चामल आयात भएको थियो । सो वर्ष १० अर्ब ४७ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो ।

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष नेपालको इतिहासमै सबैभन्दा बढी धान फलेको छ ।

गत वर्ष वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको थियो । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

५ वर्ष भित्रमा आत्मनिर्भर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ५ वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताएका छन् ।

आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पौडेलले धान उत्पादन बढाउने ठोस नीति तथा कार्यक्रम बिनै ५ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने घोषण गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै २ वर्षभित्रमा नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर गर्ने घोषणा गरेको छ । ३ वर्षभित्रमा गहुँ, मकै, कोदो र फापरमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.