add

सामान्य अंकले बढ्यो नेप्से, ९ अर्ब ३० करोड बराबरको कारोबार






ActPro Nepal

|

६ जेठ, २०७८

|
878

काठमाडौं । दुईदिन नयाँ ऐतिहासिक रेकर्ड बनेको शेयर बजार साताको अन्तिमदिन सामान्य अंकले बढेको छ ।

बिहिबार नेप्से ६.३७ अकले बढेर २७८७.१९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार २१४ कम्पनीको ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ३ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ५ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ८ वटाको परिसूचक ओरोलो लागेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ११३.४४ अंकले बढेको छ भने जीवन बीमा समूह ७८.८५ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा बैंक अफ काठमाण्डू ३४ करोड र नेशनल लाइफ इन्स्योरेन्स २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदीमार्दी हाइड्रोपावर र जानकी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.