add

नेप्सेले बनायो एकैदिन दुई नयाँ रेकर्ड, परिसुचक २७९३ अंक पुग्दा ११ अर्ब ३५ करोडको कारोबार






ActPro Nepal

|

४ जेठ, २०७८

|
844

काठमाडौं । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । मंगलबार नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ ।

नेप्सले २७९३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार नेप्सेले इतिहासकै सर्वाधिक २७५९ विन्दुको रेकर्ड बनाएको थियो । कारोबारमा पनि नयाँ रेकर्ड बनेको कारोबार रकम ११ अर्ब नाघेको छ ।

साताको कारोबारको तेस्रो दिन नेप्से ३४.५९ अकले बढेर २७९३.८१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१५ कम्पनीको ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँ बराबरको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी १ वटाको परिसूचक ओरोलो लागेको छ ।

कारोबारमा आएका ३५ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । ११ कम्पनकिो शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६९ करोड ९२ लाख ९९ हजार ७५५ रुपैयाँ बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.