add

एनआईसी एसिया बैंकले ल्यायो आकर्षक छुटसहितको ‘उत्तरदायी’ योजना






ActPro Nepal

|

४ जेठ, २०७८

|
962

काठमाडौं। एनआईसी एसिया बैंकले ‘उत्तरदायी बनौं, मोबाइल बैंकिङ गरौं’ योजना सार्वजनिक गरेकोे छ।

एक संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप याेजना ल्याइएकाे बैंकले जनाएकाे छ।

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

यो योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग ‘एनआईसी एसिया मोबैंक’ एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम सय रुपैयाँ नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत एक जना ग्राहकवले योजना अवधिभर अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना २०७८ जेठ २ देखि ३१ गतेसम्म लागू हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.