add

आइपीओ निष्काशनको लागि थप दुई कम्पनीले मागे अनुमति, कुनको कति कित्ता ?






ActPro Nepal

|

१ जेठ, २०७८

|
2066

काठमाडौं । पछिल्लो समय पूँजी वृद्धि गर्न कम्पनीहरुले धमाधम प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न थालेका छन् ।

यसैक्रमममा, दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत् कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

कुन कम्पनीको कति कित्ता आउँदै ?

मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।

यसैगरी, दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमै २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न माग गरेको हो ।

बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाइने दुवै कम्पनीले जनाएका छन् । आइपीओ जारी गर्न यसअघि नै दुवै कम्पनीले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् ।

मानुषीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र दोर्दी खोलाले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशक तथा विक्री प्रबन्धकमा नियुक्त गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.