add

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज






ActPro Nepal

|

३१ वैशाख, २०७८

|
2100

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गर्न लागेको हो ।

आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यबस्था थियो ।

आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको तुलनामा ११.२५ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.