add

ग्रामिण विकास लघुवित्तको नाफा ४५७ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

२४ वैशाख, २०७८

|
893

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५७.२३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।


कम्पनीको ब्याज आम्दानी तथा खराब कर्जा असुलीमा सुधार आएप्छि संचालन नाफा नै ८६० प्रतिशतले बढेको छ । कम्पनीको लागत र कर्मचारी खर्चमा समेत गिरावट आँउदा नाफा उच्चदरले बढेको हो।

संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २९.८९ प्रशितशतले बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन नाफा पनि ८५९.२७ प्रतिशतले बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो । साथै कम्पनीले १५ करोड रुपैयाँ खराब कर्जा असुली गरेको छ । यसले पनि नाफामा उच्च सुधार आएको हो ।

कम्पनीले यसअवधिमा ७ अर्ब २० करोड सापट तथा ३ अर्ब ९३ करोड निक्षेप संकलन गरेर १२ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ । कम्पनीको सापट ५५ प्रतिशत, निक्षेप करिब १० प्रतिशत तथा कर्जा झण्डै १९ प्रतिशतले वृद्धि भएको हो ।

हाल संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको खुद मुनाफामा उछाल आयसंगै संस्थाको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसाबाट ३८ रुपैयाँ ७९ पैसा पुगेकोे छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा छ । कम्पनीको खराब कर्जा ७.८१ प्रतिशतबाट ३.२८ प्रतिशतमा खुम्चिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.