add

नेपाल बैंकको ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याज ?






ActPro Nepal

|

२२ वैशाख, २०७८

|
1146

काठमाडौं । नेपाल बैंकले ऋणपत्र विक्री खुला गरेको छ।

वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ ।

बैंकले ३ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

जस मध्ये १४ लाख कित्ता सर्बसाधारणलाई र बाँकी २१ लाख कित्ता निजि तबरबाट विक्री हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा बैशाख २६ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.