add

नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जर सम्झौता, यस्तो छ स्वाप रेसियो






ActPro Nepal

|

१८ वैशाख, २०७८

|
1822

काठमाडौं । युनाइटेड फाइनान्स पनि नविल बैंकमा गाभिने भएको छ । शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्सको मर्जर कमिटीबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नबिल बैंकको केन्द्रिय कार्यालयमा आयोजीत एक समारोहका बीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल र युनाइटेडबीच १००ः३५ को स्वाप रेसियो कायम गर्ने सहमति भएको बताईएको छ । नबिलमा बिनोद चौधरीको ठूलो लगानी छ भने युनाइटेड फाइनान्समा पनि चौधरीको लगानी रहेको छ । क्रस होल्डिङका कारण पनि यी दुई संस्थालाई मर्जरका लागि दबाव थियो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिलबैंकको काठमाडौं उपत्यका भित्रमात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्या भने १९० हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.