add

निषेधाज्ञा अवधिमा बैंकका शाखा बिहान १० बजेदेखि २ बजेसम्म मात्र खुल्ने






ActPro Nepal

|

१६ वैशाख, २०७८

|
1227

काठमाडौं । निषेधाज्ञा अवधीमा उपत्यका भित्र बैंक तथा वित्तिय संस्थाका शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा काठमाडौं, ललितपुर, भक्तपुर सहित निषेधाज्ञा जारी हुने जिल्लाका शाखा कार्यालयहरु दैनिक चार घण्टा बैंकिङ्ग सेवा दिने सहमति जुटेको हो ।

संक्रमणको अवस्था र ग्राहकको भीडको अवस्थालाई हेरेर आगामी दिनमा आवश्यक थप निर्णय लिइने बैठकले निर्णय गरेको छ ।

सहमति अनुसार राजधानी उपत्यकाका बैंकको शाखा कार्यालयहरु १० देखि २ बजेसम्म खुला हुनेछन् । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ्ग सेवा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शाखा खोलिनेछ । बैंकका सबै एटीएम मेसिनहरु

यस्तै निषेधाज्ञाको अवधिभर सकभर अनलाइन कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

उता नेपाल बैंकर्स सघ सुदूरपश्चिम एकाईले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी जिल्लाहरुमा बैंकहरु बिहान १० देखी १ बजेसम्म मात्रै बैंकको शाखा खुला हुने जनाएको छ ।

नेपाल बैंकसं संघ सुदूरपश्चिम एकाईका संयोजक बिरुराम जैशीले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट बिहान १० देखी १ बजेसम्म सेवा दिने निर्णय गरिएको जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.