add

नबिल बैंकको वितरण योग्य नाफा करिब ४ अर्ब, खुद नाफा पनि साढे १६ प्रतिशत बढ्यो






ActPro Nepal

|

१५ वैशाख, २०७८

|
1455

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । बुधवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार यस वर्ष वितरण योग्य नाफा ८१ दशमलव ४८ प्रतिशत बढी कायम भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. २ अर्ब ९ करोड ५२ लाख ८४ हजार थियो ।

नबिलले यस वर्ष गत वर्षभन्दा १६ दशमलव ५० प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ३ खर्ब ६७ करोड ९८ लाख ७० हजार यो नाफा गरेको हो । 

सञ्चालन नाफा गत वर्षभन्दा १६ दशमलव ३७ प्रतिशत बढी रू. ५ अर्ब २४ करोड ८ लाख ९ हजार भएको छ । यस वर्ष वाणिज्य बैंकहरुमध्यकै सर्वाधिक ३३ दशमलव ५० प्रतिशत बोनस शेयर तिवरण गरेको बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार पुगेको छ । रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम ११ दशमलव २२ प्रतिशत बढी रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार कायम भएको छ । 

नबिलले यस वर्ष ९ प्रतिशत बढी रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको छ भने २५ दशमलव ७६ प्रतिशत बढी रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६३ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ४८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.