add

सुनचाँदीको मूल्यमा गिरावट,कति छ आजको मूल्य ?






ActPro Nepal

|

३१ चैत, २०७७

|
561

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको हो ।

हिजो सोमबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँ घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको भाउ समेत तोलामा पाँच रुपैयाँ घटेको छ । सोमबार एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २६० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.