add

के तपाईँको काखी गन्हाउने समस्या छ ? यस्ता छन् घरेलु उपाय!






ActPro Nepal

|

२९ चैत, २०७७

|
1009

काठमाडौ । सुन्दर र स्वस्थ्य रहने मन कसलाई हुँदैन र १ सुन्दरको अर्थ अनुहार राम्रो हुनु मात्रै होइन सौन्दर्य हाम्रो व्यवहार र दैनिकीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । मानिसमा भएको आत्मविश्वास एवं सकारात्मक सोचले पनि मानिसलाई सुन्दर बनाउँछ ।

सधैँ फुर्तिलो रहन सबैभन्दा खानपिनमा दिनुपर्छ । डायटिङ गर्ने, व्यायाम गर्ने, पानी धेरै पिउने, सागसब्जी फलफूलको सेवन बढी मात्रामा गर्ने, बोसोयुक्त, बन्द बट्टाका खानाहरू बढी नखाने, जङ्क फुडबाट टाढै रहने, भरसक हल्का खाना खाने गर्दा यसले हामीलाई स्वास्थ्य बनाउन सहयोग गर्दछ ।

गर्मी महिनामा पसना बग्नु स्वभाविक हो । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना ।

पसिना जानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ तर पसिनाले गर्दा कपाल तेल हालेको जस्तो देखिनु, अनुहार चिल्लो देखिनु, काखी गन्हाउने, पसिना गन्हाउने, लुगामा पनि पसिनाले गर्दा पहेँलो दाग बस्ने जस्ता समस्याले हामी मध्ये कतिलाई हैरान बनाएको हुन्छ । यस्ता समस्याबाट मुत्ति पाउनको लागि स्याहार तथा सरसफाइमा ध्यान दिनु त पर्छ नै यसका साथै यी समस्या समाधानको लागि निम्नअनुसारका उपाय अपनाउन सकिन्छ 

सरसफाईमा ध्यान दिने

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरीरभर फैलिएर पूरै शरीर नै गन्हाउने हुन्छ। मानव शरीरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनभने पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न दैनिक एकपल्ट नुहाउने गर्नुपर्छ। जसले गर्दा कम पसिना आउने गर्छ।

कटन वा फाईबरका कपडा

काखी गन्हाउने मानिसहरुले हावा छिर्ने कटन वा फाईबरका लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि असर नगर्ने भएकोले गर्मी मौसममा कटनको कपडाको प्रयोग गर्नुपर्छ।

फलफुल

फलफुल खानुका साथै प्रर्याप्त पानी पिउँदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

खाने कुरा

गर्मीमा कफी, जंक फुड, तारेका खाने कुराहरुबाट सकेसम्म टाढै रहनुपर्छ। यस्ता खानेकुराले पसिना ग्रन्थीलाई सक्रिय बनाउँन मद्दत गर्छन्। जसका कारण शरीरमा अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ।

कागती

काखी गन्हाउने मानिसहरुका लागि काखीमा कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दलेर केही समय सुक्न दिनुपर्छ।

काखीमा दलेको कागती सुकेको केहीबेर पछि चिसो पानीले नुहाउँदा शरीरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त हुनुका साथै लामो समयसम्म फ्रेस भइन्छ।

तुलसी र निम पात

तुलसी र निम दुवैमा ब्याक्टेरिया विरोधी तत्वहरु हुन्छन्। तुलसी र निमको पातको लेप बनाएर काखी वा शरीरको पसिना आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ।

यसले शरीरमा उत्पन्न हुने ब्याक्टेरियाबाट बचाउँछ। सातामा तीन पटक यस्तो लेप लगाउनु राम्रो मानिन्छ।

एजेन्सीको सहयोगमा




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.