add

एकल बिमा शुल्कमा बिमालेख जारी भएको तीन वर्षपछि मात्रै ऋण पाइने !






ActPro Nepal

|

२७ चैत, २०७७

|
1195

काठमाडौं । अब ३ वर्ष नपुगी एकल बीमा पोलिसी धितो राखेर ऋण लिन नपाइने भएको छ ।

बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोक्न भन्दै यस्तो पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन १९ वटै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा समितिको निर्देशनसँगै अब एकल बीमा पोलिसी जारी गरेको ३ वर्ष पूरा भएपछि मात्र कम्पनीहरुले उक्त पोलिसी धितो राखेर ऋण दिन पाउनेछन् । यसअघि पोलिसी जारी भएको २ वर्ष पुगेपछि धितो राखेर ऋण दिन पाइने व्यवस्था थियो ।

यस्तै, समितिले एकल बीमा पोलिसी जारी भएको ३ वर्षसम्म पोलिसी सरेण्डर गर्न नपाउने व्यवस्था गरेको छ ।एउटा पोलिसी जारी गर्दै बीचैमा सरेन्डर गरेर उस्तै खालको अर्को पोलिसी जारी गर्ने प्रवृत्ति बढ्दै गएपछि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुबीच व्यापार बढाउन एकल बीमा पोलिसी जारी गर्ने अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न पोलिसी सरेण्डर र धितो ऋणमा कडाइ गरिएको समितिको भनाइ छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.