add

अजोड इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित






ActPro Nepal

|

२५ चैत, २०७७

|
1245

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी बृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित भएको छ ।

कम्पनीले नेप्सेमार्फत जारी गराएको सूचनाअनुसार कम्पनीको आज बुधबार बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो । 

अजोड इन्स्योरेन्सको यही चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

बीमा समितिको यही चैत २३ गतेको पत्रानुसार कम्पनीले प्रस्ताव गरेको पूँजी बृद्धि र हकप्रद जारी गर्ने निर्णय स्थगित गरिएको कम्पनीले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.