add

रुरु जलविद्युतकोको आइपिओ पाउनलाई भाग्यमा भर पर्नुपर्ने, कति जनाले भरे ?






ActPro Nepal

|

२४ चैत, २०७७

|
1589

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) मा मागभन्दा ६२ गुणा बढी आवेदन परेको छ ।

विक्रीप्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका छ । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

रुरुको आइपीओमा परेको यो आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफमा १८ लाख बढीले आवेदन दिएका थिए ।

कम्पनीले गत शुक्रबारदेखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी, ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई र बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । यसमा पनि माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता पर्नपनि भाग्यकै भरमा पर्नु पर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.