add

साल्ट ट्रेडिङ्गले गर्यो लाभांश घोषणा, बोनस कति?






ActPro Nepal

|

२३ चैत, २०७७

|
1217

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) ले आर्थिक वर्ष २०७६/७७ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पनन बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितथरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आव २०७५/७६ बाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको लाभांश १० प्रतिशतले घटेको हो ।

बजारमा कम्पनीले ६० प्रतिशत बोनस वितरण गर्ने हल्ला फैलाएर मूल्य उच्च रुपमा वृद्धि गरिएको थियो । कम्पनीले अघिल्लो वर्षभन्दा कम लाभांश प्रस्ताव गरेसँगै बोनसको लोभमा शेयर खरीद गर्ने लगानीकर्ता भने निराश भएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.