add

एभरेष्ट बैंकको सिईओमा सुदेश खालिङ नियुक्त






ActPro Nepal

|

२२ चैत, २०७७

|
928

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । ४ बर्षका लागि नियुक्त भएका गजेन्द्र कुमार नेगीलाई १७ महिनाकै अवधिमा फिर्ता पठाउने निर्णयसँगै बैंकको संचालक समितिले खालिङलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । तर नेगी बैंकको सिईओको रुपमा आगामी शुक्रबारसम्म रहनेछन् ।

खालिङ सिटिजन्स बैंकको संचालक समिति अध्यक्ष हुन् । त्यसअघि उनी लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। यस्तै उनी लक्ष्मी बैंक आउनुअघि स्टयान्डर्ड चार्टर्ड बैंकको प्रमुख सूचना अधिकृत थिए । उनले ब्रैंकिङ क्षेत्रमा ३३ बर्षदेखि काम गर्दै आएका छन् ।

बैंक संचालक समितिले पहिलोपटक नेपालीको हातमा कमाण्ड सम्हाल्ने निर्णय गरेको हो । हालसम्म बैंकमा विदेशी सिईओहरुले नै कमाण्ड सम्हाल्दै आएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.