add

दोहोरो अंकले बढ्यो शेयर बजार, ७ अर्ब २५ करोडको काराबार






ActPro Nepal

|

१९ चैत, २०७७

|
754

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शोयर बजार दोहोरो अंकले बढेको छ । विहीबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ अंकमा पुगेको छ ।

आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । विहीबार इन्डेक्स २.६३ अंकले बढेर ४६६.४२ अंकमा पुग्यो ।

विहीबार होटल एण्ड टुरिजम, इन्भेष्टमेन्ट, सामुहिक लगानी कोष र जीवन बीमा बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल एण्ड टुरिजमको सूचक घट्यो । कम्पनीको सूचक २.११ प्रतिशत द्दट्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.०३ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ८.६३ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ३.२६ प्रतिशत बढ्यो ।

विहीबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २१८ कम्पनीको १ करोड ४२ लाख ६८ हजार ५९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २५ करोडको काराबार भयो ।

आज ७ कम्पनीका लगानीकर्ता मालामाल भए । सबैभन्दा धेरै सान्जेन जलविद्युतका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, यूनाईटेड फाइनान्सको ९.९५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ५.५३ प्रतिशत घट्यो ।

विहीबार सबैभन्दा धेरै कारोबार अपर तामोकोशीले गर्यो । कम्पनीले २९ करोड ५६ लाख ३५ हजार रुपेयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.