add

बैंक अफ काठमाण्डूद्वारा प्रिपेड डलर कार्ड दिन शुरू






ActPro Nepal

|

१९ चैत, २०७७

|
977

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके इकम युएसडी प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।

यस सुविधा अन्तर्गत बैंकका ग्राहकल वर्षदिनमा ५०० अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । यो सेवा भारत बाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी ५०० डलर सम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।बैंकले हाल देशभरका ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.