add

एनआइसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड जारी






ActPro Nepal

|

१८ चैत, २०७७

|
1297

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।

कार्ड प्राप्त गर्नका लागि ग्राहकले केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई-कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क बापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहकले एकैपटक वा पटक-पटक गरी एक वर्षमा अधिकतम ५०० अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्नेछन् ।

बैंकले हाल देशभरका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.