add

अजोड इन्स्योरेन्सको शेयरमूल्य उच्च दरमा बढ्यो,कति पुग्यो प्रतिकित्ता ?






ActPro Nepal

|

१८ चैत, २०७७

|
606

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ८५ रुपैयाँले बढेर प्रतिकित्ता ९३८ रुपैयाँ पुगेको छ ।

अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेपछि लगानीकर्ता झुम्मिएका हुन् । अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी थालेको छ ।

कम्पनीले पूँजी वृद्धि गर्न २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावसहित आगामी वैशाख ७ गते साधरण सभा बोलाएको हो । कम्पनीले बैशाख ७ गते मंगलबार त्रिपुरेश्वर स्थित वल्ड ट्रेड टावरमा सभा आह्वान गरेको हो ।

कम्पनीले, सभामा अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को वासलत, नाफा नोक्सान, आयव्यय विवरण प्रस्तुत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधरणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेन्डा लैजाने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.