add

मर्जरपछि आजदेखि शुरु हुदैं एनआईसी एशिया लघुवित्तको शेयर कारोबार






ActPro Nepal

|

१८ चैत, २०७७

|
979

काठमाण्डौं।एनआइसी एशिया लघुवित्तको शेयर चैत्र १८ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ ।

मर्जर प्रकृयाका कारण गत साउन ३२ गतेदेखि रोक्का रहेको लघुवित्तको शेयर कारोबार ७ महिनापछि खुलेको हो । एकीकृत कारोबार र मर्जरपछि शेयर सूचीकरणपछि मर्जर सम्झौताको सात महिना पश्चात खुला भएको हो ।

एनआइसी एशिया र स्वदेशी लघुवित्त बीच १००ः९४ कित्ता शेयर स्वापको अनुपातमा मर्जर सम्पन्न भएको हो । मर्जरपश्चात दोस्रो बजारमा शेयर कारोबारको लागि मंगलबार नेप्सेमा एनआइसी एशिया लघुवित्तको नाममा स्वदेशी लघुवित्तको २५ लाख ९४ हजार ४०० कित्ता शेयर सूचीकृत भएको छ । शेयर सूचीकरणसँगै नेप्सेले लघुवित्तको रोक्का रहेको शेयर फुकुवा गरेको छ ।

मंगलबार शेयर सूचीकरणपछि बुधबारबाट एनआईसी एसिया लघुवित्तको नामबाट दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको हो । नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार रेञ्ज तोकेको छ । मर्जरको बखत लघुवित्तको ७५९ रुपैयाँमा शेयर कारोबार रोक्का भएको थियो ।

कम्पनीको शेयर कारोबारको लागि एनआईसीएलबिएसएल (NICABSL) कारोबार संकेत दिएको छ । जुन एनआईसी एशिया लघुवित्तको यसअघि नै कारोबार हुँदै आएको सिम्बोल हो ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएर चैत ८ गते आइतबारदेखि एकीकृत कारोबार थालेका थिए ।

एनआईसी एशिया र स्वदेशी लघुवित्तले गत साउन ३२ गते गाभ्नेरगाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका थिए । यी दुई लघुवित्तले गत कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.