add

सेयर बजारमा २१ अंकको गिरावट,३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट






ActPro Nepal

|

१२ चैत, २०७७

|
1010

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  आज नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९७ अंकमा झरेको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ५.६४ अंकले घटेर ४५०.६१ अंकमा झर्यो ।

आज होटल एण्ड टुरिजम र ट्रेडिङ बोहेक अन्य सबै समुहको सूचक घट्यो । होटल एण्ड टुरिजमको सूचक ४.४५ प्रतिशत बढ्यो भने ट्रेडिङको ३.९४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.८९ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको १.८८ प्रतिशत घट्यो ।

शेयर बजार राताम्मै भएपनि आज कारोबार रकममा भने कुनै प्रभाव परेन । बिहीबार २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार ७ सय ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार रुपैयाँ बरारबरको कारोबार भयो ।

बिहीबार ३ कम्पनीका शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, सर्पोट लघुवित्त र ओमी लघुवित्त रहेको छ । चन्द्रागिरीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने सर्पोटको ९.९७ प्रतिशत र ओमीको ९.९४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै नेपाल बंगलादेश बैकका शेयर धनीले गुमाए । बैंकको शेयर मूल्य ६.१४ प्रतिशत घट्यो । त्यस्तै, एनआइबीए प्रगती फण्डको ५.५० प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.