add

चितवनका किसानले एनसीसी बैंकबाट ५ करोड सम्मको सहुलियतपूर्ण कर्जा पाउने






ActPro Nepal

|

२ चैत, २०७७

|
695

चितवन  । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् ।

कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश राज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनकाअध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकले जिल्लाभरिका दुग्धउत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धनगरी उत्पादन एव रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थाहरू सँग आवद्ध दुग्ध उत्पादक किसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता बमोजिम पशुपालक किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँ सम्म, कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फर्म वा साझेदारी व्यवसायलाई प्रतिफर्म वा व्यवसाय अधिकतम १ करोड रुपैयाँ सम्म, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रति कम्पनीलाई अधिकतम ५करोड रुपैयाँ सम्मको कर्जा प्रवाह गरिने छ ।

सम्झौता अनुसार यस्तो कर्जा कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने बताइएकोछ । यो कर्जा योजनामा सहभागी हुने सेवाग्राही लाई कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.