add

ग्लोबल आईएमई बैंक को ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला






ActPro Nepal

|

१ चैत, २०७७

|
1063

काठमाडौं । ग्लोबल आईएमई बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

कम्पनीले निष्कासन गरेको जम्मा कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाकी रहेको १२ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केन्टर्स लिमिटेडको अनुसार न्युनतम २५ कित्तादेखि १० लाख कित्तासम्म लगानीकर्ताले चैत्र ४ गतेसम्म र माग अनुसार आवेदन नपरेमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ । सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.