add

नेपाली महिला उद्यम क्षेत्रमा आकर्षित, २५ हजारले लिए सहुलियत ऋण






ActPro Nepal

|

२९ फागुन, २०७७

|
1983

काठमाडौंं । चालु आर्थिक बर्ष २०७७/ ७८ को पुस महिनासम्ममा २५ हजार २९८ जना उद्यमी महिलाले सहुलियत ऋण लिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ६ महिनाको वित्तीय प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यो संख्या तीन गुणले बढेको हो ।

कात्तिक महिनासम्ममा सहुलियत ऋण लिने महिलाको संख्या १६ हजार ५२ जना रहेको थियो । असार महिलाको अवधिमा संख्या ६ हजार ६ सय ८२ थिए ।

सरकारले ब्याज अनुदान दिने नौ प्रकारका कर्जामध्ये कृषिबाहेक सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् । यो तथ्याङकले विभिन्न बाधाहरू भए पनि पछिल्लो समय धेरै नेपाली महिलाहरू उद्यम क्षेत्रमा आकर्षित भएको देखाउँछ ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो ।

महिलाहरुलाई उद्यमी बनाउन सरकारले सहुलियत ऋण कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम अन्र्तगत महिलाले ५ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पीडितको निजी आवास निर्माण कर्जा सहित सात किसिमका कर्जाका लागि सहुलियतपूर्ण कर्जा वितरण गर्दे आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.