add

सात महिनामा १ अर्ब ६६ करोडको सूर्तीजन्य पदार्थ आयात






ActPro Nepal

|

२८ फागुन, २०७७

|
2135

काठमाडौं । चालु आर्थिक वर्षमा सुर्ती तथा सुर्तीजन्य वस्तुको आयात उच्च दरले बढेको छ भने निर्यात भने सिमित मात्रै देखिएको छ ।  

चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ) मा नेपालमा १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ आयात भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार गएको सात महिनामा १ अर्ब ६६ करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थको आयात भएको हो । 

अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा भने चालू आर्थिक वर्षको सात महिनामा झण्डै २९ करोड रुपैयाँभन्दा कमको आयात भएको छ । 

विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयमा १ अर्ब ९५ करोड ३५ लाख ६८ हजार रुपैयाँ बराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थहरु आयात भएको थियो । 

६२ करोडको मात्रै निर्यात 

चालू आर्थिक वर्षको सात महिनामा ६२ करोड रुपैयाँ बराबरको मात्रै सूर्तीजन्य पदार्थ निर्यात भएको छ । विभागको तथ्यांक अनुसार गएको सात महिनामा ६२ करोड ८१ लाख रुपैयाँ बरारबको सूर्तीजन्य पदार्थहरु निर्यात भएका छन् । 

यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा झण्डै ६ करोड कम हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ६८ करोड ६७ लाख रुपैयाँ बराबरको सुर्ती तथा सूर्तीजन्य पदार्थहरु निर्यात भएको विभागको तथ्यांकले देखाउछ । 

नेपालमा विशेषगरी चुरोट, तयारी सूर्ती र गुट्खा लगायत उत्पादन धेरै मात्रामा सूर्तीको खपत हुने गरेको पाईन्छ । 

यस्तो छ पछिल्लो पाँच वर्षमा सूर्तीजन्य पदार्थ आयातको तथ्यांक (रुपैयाँमा) 

२०७१/७२– २ अर्ब ३ करोड ७० लाख 

२०७२/७३– २ अर्ब ७६ करोड ५० लाख 

२०७३/७४– २ अर्ब ८० करोड ५० लाख 

२०७४/७५– २ अर्ब ६४ करोड 

२०७५/७६– २ अर्ब ३५ करोड ५० लाख 

२०७६/७७– ३ अर्ब २८ करोड ४२ लाख 

२०७७/ ७८ को सात महिनासम्म– १ अर्ब ६६ करोड रुपैयाँ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.