add

९० अंकले बढ्यो शेयर बजार,सबै समूहको परिसचुक हरियो हुँदा ६ अर्बको कारोबार






ActPro Nepal

|

२० फागुन, २०७७

|
1140

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा पुगेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७५ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स १४.६७ अंकले बढेर ४५१.४६ अंकमा पुगेको छ ।

आज सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्यको सूचक ५.४४ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको ५.२६, लघुवित्तको ५.०६ प्रतिशत बढ्यो ।

बिहीबार २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ ८१ लाखको कारोबार भयो ।

आज चन्द्रागिरी र निफ्रा सहित ६ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बिहीबार सुर्यदय लघुवित्त, लिब्रिटरी इक्युटी, चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनएमबी ५० का शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.४५ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फा इस्टेक्चर बैंकले गर्यो । बैंकले ५३ करोड २३ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.