add

महिला लघुवित्तको साधारण सेयर बाँडफाँड शुक्रबार हुने






ActPro Nepal

|

१३ फागुन, २०७७

|
674

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेय शुक्रबार बाँडफाँड गर्ने भएको छ । 

कम्पनीको सेयर निष्काशनकर्ता नेपाल एसविआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँड गर्ने जानकारी दिएको हो । साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ । 

महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १ सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.