add

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह






ActPro Nepal

|

११ फागुन, २०७७

|
813

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कोरोनाको खोप दिँदा उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ । उद्योग तथा व्यवसायी क्षेत्र अग्रपंक्तीमा रही काम गर्ने भएकोले राज्यले गम्भीरतापूर्वक लिइ प्राथमिकतामा राखी खोप दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष चेम्बरले अनुरोध गरेको हो । चेम्बरका तर्फबाट आधिकारीक धारणा राख्दै महानिर्देशक कैलाश कुमार बजिमयद्वारा प्रेसित पत्रमा सो सम्बन्ध बारे उल्लेख गरिएको छ ।  

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि सम्भव हुने भएकोले निजि क्षेत्रलाई प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.