add

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड हुने






ActPro Nepal

|

५ फागुन, २०७७

|
1331

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।

आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

उक्त आइपीओमा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.